द्र्रुतमार्गले हिमाल पहाड र मधेसी मनसँग जोड्छ: प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ,१४-

प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं निगजढ द्रुतमार्गले हिमाल र पहाडलाई मधेसी मनसँग जोड्ने बताउनु भएको छ । आज बिहान बाराको निजगढमा एक समारोहबीच द्रुतमार्ग निर्माणको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले द्रुतमार्ग निर्माणले देशलाई एकतामा जोड्ने र भेदहरु हटाउने बताउनु भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री दाहाले द्रुतमार्ग दुरगामी महत्वको भएको, यसले देशको भाग्य र भविश्य निर्धारण गर्ने बताउनु भएको छ । नेपाली सेनालाई आफूले जत्ति अरुले शायदै बुझेको होला भन्दै उहाँले सेनाको भूमिका र महत्व बढोस् भनेर नै द्रुतमार्ग निर्माणको जिम्मा दिएको बताउनुभयो ।

मधेश विनाको काठमाडौं र काठमाडौं विनाको मधेस सम्भव नभएको उहाको भनाई छ । द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिन भूमिका खेलेको भन्दै उहाँले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र वनमन्त्री शंकर भण्डरीको प्रशंसा गर्नु भएको छ ।

सरकारले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ, भने ४ वर्षमा निर्माण पुरा गर्ने लक्ष्य राखिएको छ ।