थर्ड एलायन्सद्धारा रमजानको शुभ कामन व्यक्त

रन्जीता ढकाल थापा,

बाँके,जेष्ठ, १४-

मुसलमान समुदायको महान पर्व रमजान पर्व आज देखि शुरु भएको छ । एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीहरुले उपवास बस्ने गर्दछन । जसलाई ‘रोजा’ भनिन्छ ।

आजबाट सुरु भएको रोजाको तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)ले रमजान पर्वको अवसरमा मुस्लिम समुदाय तथा अन्य समुदायलाई शुभकामना व्यक्त गरेको छ ।

उप क्षेत्रीय प्रमुख आलम खानले जारी गरेको विज्ञप्तीमा भनिएको छ पवित्र यो पर्वमा मुस्लिम तथा गैर मुस्लिम सुमदायप्रति शुख, सुस्वास्थ्य, शान्तिको कामना गर्दछु ।

देशमा मानव अधिकार संरक्षणको कार्य चुनौतीपूर्ण रहिरहेको वर्तमान सन्र्दभमा मानव अधिकारका क्षेत्रमा क्रियाशील सम्पूर्ण संघ, संस्था, मानव अधिकार प्रतिरक्षकहरु र नागरिक समाज समेत थप सक्रिय भई मानव अधिकार वहालीका पक्षमा वकालत बढाउनुपर्ने आवश्यकता देखिएको विज्ञप्तिमा भनिएको छ ।

हिंसा र अशान्तिको वातावरणमा मानव अधिकारको निर्वाध उपभोग हुन नसक्ने हुदा दिगो शान्तिको लागि उपयुक्त वातावरण बनाउनु पर्ने भएकोले सबैले आ–आफनो क्षेत्रबाट सहयोग गर्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

इस्लामिक क्यालेण्डर अनुसार नौ महिनाको नाम नै रमजान हो । मुस्लिमहरु यो रमजान महिनालाई पर्वका रुपमा मनाउने गर्दछन् ।रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पॉचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गर्छन् ।

यो नमाजबाट अल्लाह निकै खुसी हुने र मानव जाति तथा प्रकृतिको कल्याण हुने भएकाले मुस्लिम समुदायले निकै महत्वका रुपमा यो महिनालाई लिने गरेका छन् ।

तीस दिनको रोजा पूरा गरिसकेपछि ईदको चॉद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर पुरुष मुसलमान ले सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाउ‘छन् । एकले अर्कोलाई अ‘गालो मारेर इद मुबारक एवम् बधाइ साटासाट गरी घरमा गएर मिठोमिठो खानेकुरा खाने गर्छन् ।