अपाङ्ग बहुआयमीक भवन निमार्ण स्थल उद्घाटन

बाँके,मंसिर १९ –२५ औं अन्तराष्ट्रिय अपाङ्ग दिवशको अवसरमा राप्ती पारीमा निमार्ण हुन लागेको  भवनको उद्घाटन गरिएको छ । यस संस्थाद्धारा राप्ति पारी अपाङ्ग बहुआयमीक  भवन निमार्ण स्थल २४ विगाह गंगापुर गाविसमा गरिएको उद्घाटन कार्यक्रममा पूर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री तथा क्षेत्र नं २ का सभासद श्री दिनेश चन्द्र यादवले उद्घाटन गर्नु भएको थियो । यसैविच यूनीसेफका सञ्चालक राजु खनालले लामो समय देखी यूनिसेफ नेपालले बालबालीका तथा अपाङ्गहरुको क्षेत्रमा काम गर्दै आएकोले आएकोले आगमी दिनहरुमा यस्तै किसिमका सहयोग र सदभाव कायम गर्ने प्रतीवद्धता व्यक्त गर्नुभयो । यूनेसेफ नेपालद्धारा अपाङ्गता नारा झल्कियका ३०० सय थान हाइनेक,टिसट वितरण गरिएको थियो ।

यस्तै प्लान नेपाल अपाङ्ग सरोकार कैन्द्र नेपालको सहयोगमा शैक्षीक सामाग्री ५० जनालाई वितरण गरिएको थियो । यस्तै प्रती व्यक्ती १ जनालाई ब्यग,कपि,१२ पिस डटपेन ,ज्यामीती बक्स,क्यालकुलेटर, हाईनेक १ का दरले ५० जनालाई वितरण गरिएको थियो । राष्ट्रिय मधेशी अपाङ्ग महासंघ नेपाल मध्य तथा सुदुरपश्चिमाञ्चलका अध्यक्ष राजेश क्षेत्रीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रकमा करिव दुई दर्जन संघ संस्थाहरुको प्रत्यक्ष सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी पूर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री दिनेश चन्द्र यादवको विशेष अतिथीमा कार्यक्रम शुरु भएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा अतिथीमा एक्सन एड ,क्षेत्रीय कार्यालयका प्रतीनिधी ,ईन्सेक नेपाल क्षेत्रीय कार्यालयका प्रतीनीधी, सेभ द चिल्ड्रनका प्रतीनिधी,डिप्रोक्स नेपाल कार्यालयका प्रतीनिधी लगायत विभिन्न राजनीतीक दल तथा बुद्धिजीवी समाज सेविहरुको उपस्तिथी रहेको थियो । कार्यक्रममा सभागी बोल्ने बक्ताहरुले अपाङ्गलाई हेपाईको दृष्टिले होईन अवसर तथा सम्मान दिनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रमा प्रमुख अतिथी यादवले लामो सयम देखी अपाङ्गता भएका व्यक्तीहरुका हक,हितका लागि क्रियाशिल राष्ट्रिय मधेशी अपाङ्ग महासंघलाई धन्यवाद दिदै महासंघद्धारा निमार्ण गरिने भवनको लागि रकम छुट्याई सकेकोले अब छिट्टैनै उक्त बहु यामीक भवन बन्ने कुरामा आफू विश्वस्त भई रकम विनियोजीत भैसकेको प्रष्ट पार्नुभयो । कार्यक्रमको अन्तमा सभा विसर्जन गर्दै आफू अपाङ्गहरको हक हित र समाजमा सम्मान जनक प्रतस्थापन गर्नुको साथै उनीहरुको जिवनको अन्तीम क्षण सम्म भवनका लागि यथाशक्य सहयोग गर्न सबैलाई अपिल गर्नु भएको थियो ।