नेपालगंजमा “मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७” आयोजना हुदैं

बाँके,मंसिर १९-नेपालगंजमा “मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७” आयोजना हुने भएको छ ।ग्लोबल वेष्टर्न सिनेमाटोग्राफी प्रा.ली.ले पहिलो पटक नेपालगंजमा मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७ आयोजना गर्ने भएको हो । नेपालगंजको उदाउदो मोडलीङ क्षेत्रलाई मध्यनजर गर्दै विभिन्न १० विधामा प्रतिस्पर्धा गराई कम्तीमा पनि ५० जना प्रतिस्पर्धिहरुको विचमा मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७ आयोजना गर्न लागिएको ग्लोबल वेष्टर्न सिनेमाटोग्राफी प्रा.ली.का कार्यकारी निर्देशक यम लामिछानेले जानकारी दिनुभयो । साथै लामिछानेले उक्त प्रतिस्पर्धामा मध्य र सुदुरपश्चिमका जुनसुकै जिल्लाबाट पनि प्रतिस्पर्धिले भाग लिन पाउने बताउनुभयो ।

यसैविच डिसेम्बर २० तारिख बाट ट्रेनिङ्ग शुरुभई अंग्रेजी नयाँ वर्ष २०१७ को पुर्व सन्ध्यामा हुने यस प्रतिस्पर्धामा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुती पनि रहने यस संस्थाका अध्यक्ष के पि भण्डारीले जानकारी दिनुभयो । प्रतिस्पर्धिहरुलाई ¥याम्प वाक  ट्रेनिङ्ग,क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास तालिम लागायतका विभिन्न ईन हाउस ट्रेनिङ्ग दिने जनाईएको छ । त्यस्तै विजेतालाई नगद पुरस्कार देखि लिएर चलचित्र,म्यूजीक भिडियो,फेशन शो र कमर्शियलहरुमा भाग लिने मौका प्रदान गरिने संस्थाका कार्यकारी निर्देशक लामिछानेले जानकारी दिनुभयो ।