काठमाडौं,मंसिर,२०-राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यलेलेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले रेकर्डिङ र मिक्सिङ भरेका छन् । गीतमा माण्डव्य र तिलक बस्नेत बस्नेत दुवैको स्वर सुन्न सकिन्छ ।
सन्चु थोकरको छायांकन रहेको गीतको भिडियो निर्देशन गोविन्द राईले गरेका छन् । गीतको भिडियोमा वरिष्ठसंगीतकार शिला बहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, सुरवीर पण्डित, पूर्व प्रहरी सुपरिवेक्षक सुदिपआचार्य, राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनलगायतका व्यक्तिहरुलाई देख्न सकिन्छ ।
निर्देशक राईले राष्ट्रिय गीत भएकाले अन्य भिडियो भन्दा फरक तरिकाले भिडियो बनाएको बताउनुभयो ।भिडियोमा झण्डाको महत्व बुझाउन हरेक क्षेत्रका व्यक्तित्वलाई आफूले समेट्ने प्रयास गरेको उहाँको भनाइछ । राष्ट्रिय झण्डाको जन्म आजभन्दा २५०० वर्ष अघि भएको बताउँदै उहाँले भन्नुभयो, “झण्डाको संरक्षण रमहत्त्वको बारेमा बुझाउन यस गीतले उल्लेख्य भूमिका खेल्नेछ ।”
संचारकर्मी प्रेम बानियाले देशको झण्डा स्वाभिमानको प्रतिक हो त्यसमात्रै नभएर स्वाभिमनको बचाउ गर्न हामीआत्मनिर्भर रहनुपर्ने धारणा राख्नुभयो।
गायक माण्डव्यले राष्ट्रिय झण्डाको महत्व बुझाउन सुरु गरेको अभियानलाई स्मरण गर्दै भन्नुभयो, “जसले जस्तो मन लाग्छ त्यस्तै झण्डा बनाउने गरेका छन् । यसले हाम्रो झण्डाको गरिमा र महत्वलाई घटाउँछ ।” झण्डाहाम्रो गौरव भएकाले यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य भएको उहाँले बताउनुभयो ।
यसैगरी, पूर्वमन्त्री लालबाबु पण्डितले राष्ट्रिय गीतलाई स्वाभिमानका साथ उठाउन निरन्तर आफू लागि पर्ने बताउनुभयो। गीतबाट नाफा घाटा नहेरी राष्ट्रको निम्ती यस्ता गीत बन्नु पर्ने उनको भनाइ छ। मेरै पहलमा क्याबिनेटलेसबैले झण्डा फरफराउन पाउने गरी खुल्ला गरिएको उहाँले दाबी समेत गर्नुभयो ।
यस्तै, पूर्वमन्त्री हृदयेस त्रिपाठीले आधुनिकतालाई हामीले स्विकार गर्नुपर्ने बताउँदै आफ्नो मौलीकता नबिर्सनआग्रह गर्नुभयो । “हाम्रो देश बहुजाति, बहुभाषी हो सबै मिलेर बस्नु पर्छ । एकले अर्काको अस्तित्वलाई स्विकारगर्नुपर्छ, उहाँले भन्नुभयो ।”
कार्यक्रममा भिडियो निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनहरुलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।भने कार्यक्रम इश्वरकुमारले संचालन गर्नु भएको थियो।