शंकरपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

भैरहवा,पौष,२९-

रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थपाले जानकारी दिनुभयो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०–३५ वर्ष उमेरका एक तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथै जवाफी कारबाही गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

शव पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको छ ।  मृतक व्यक्ति भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा तस्करले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि बरामद गरेको छ ।

तस्करले चलाएको गोली लागि एक प्रहरी जवान घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली लागेको छ ।साभार ईमेज खबरबाटच