सांसद प्रदीप यादव जसपा केन्द्रीय सदस्यबाट निलम्बित

काठमाडौं,मंसिर,९-जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय सदस्यबाट प्रदीप यादवलाई निलम्बन गरेको छ ।

जसपाको बिहिबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई केन्द्रीय सदस्यबाट निलम्बन गरेको हो ।

मन्त्री बन्न नपाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप छ ।

त्यस्तै सांसद यादवमाथि पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध गतिबिधि गरेको आरोप पनि छ । यादवलाई पार्टीको सदस्यताबाट भने नहटाइएको जसपाका एक नेताले जानकारी दिनुभयो।