२ बजेसम्म ५० प्रतिसत मत खस्यो : प्रवक्ता शर्मा

काठमाण्डौं,मंसिर,१०-

निर्वाचन आयोगले आज गरेको ३२ जिल्लाको पहिलो चरणको निर्वाचन अन्तर्गत केही छिटपुट घटनाबाहेक देशभर मतदान कार्य शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले बताएको छ।

दिउसो दुई बजेसम्मको अनुमानित विवरण अनुसार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा ५० प्रतिसत मत खसेको छ।

आयोगका सहायक प्रवक्ता मुकन्द शर्माले भन्नुभयो ‘अहिलेसम्म ५० प्रतिसत मत खसेको अनुमान गरेका छौं। शर्माका अनुसार १ बजेसम्म ४० प्रतिसत मत खसेको थियो।