सर्वोच्चको फैसला मान्छौँ,कार्यान्वयन गर्छौँ: प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन,२३-प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला मान्ने बताउनु भएको छ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘हामी सर्वोच्च अदालतको निर्णय मान्छौँ, त्यसलाई कार्यान्वयन गछौँ।त्यसबारे अदालतको निर्णय अध्ययन गरेर बोल्ने बताउनुभयो।

नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नु भएको हो।न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेललाई नेकपाको आधिकारिकता कट्टेललाई दिने निर्णय गरेको थियो।