वैधता नभएको सरकारले आफैँ प्रस्ताव राख्न मिल्दैन: भिम रावल

फाईल तस्विरमा : भिम रावल (नेकपा नेता)

काठमाडौं,फाल्गुन,२३-नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य भीम रावलले सरकार अवैध भएको बताउनु भएको छ।आइतबारको संसद् बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘सर्वोच्चको अदालतको निर्णयपछि प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठिसकेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार वैधता नभएको उहाँले आरोप लगाउनुभयो। ‘सरकार र प्रधानमन्त्रीको स्थिति स्पष्ट हुनुपर्छ। आफैँले हत्या गरेको संसद्‍मा आफैँले प्रस्ताव गर्न मिल्दैन। त्यसमा हाम्रो आपत्ति भएको बताउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनु भएको थियो “कानुन, संविधानको दृष्टिकोणमा बाट यो सरकार वैध छैन। त्यसलै त्यो सरकारले कुनै कदम अघि चलाउन नसक्ने बताउनु भएको थियो । 

त्यसलगत्तै सभामुखले बैठक अगाडी बढाउन खोजेपछि प्रचण्ड-माधव पक्षका नेताहरु बैठक वहिष्कार गर्दै निस्किएका थिए ।त्यसपछि पनि सभामुखले सरकारले ल्याएको संवैधानिक परिषद् नियुक्तिसम्बन्धी अध्यादेशविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नाराबाजी गरेको थियो ।

नाराबाजी पश्चात संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि भन्दै स्थगित गर्नु भएको थियो ।

कांग्रेसको प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक परिषद्को अध्यादेश स्वीकार गर्न नसकिने बताउनु भएको थियो। संवैधानिक परिषद्को अध्यादेश संविधानको भावना विपरित भएको कांग्रेसको धारणा छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।बैठक यही फागुन २६ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो।