प्रधानमन्त्री ओलीमाथि कविता चोरीको आरोप

काठमाडौं,वैशाख,२०-प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लागेको छ । उहाॅंमाथि कविता चोरी गरेको आरोप लागेको हो ।

मे दिवसमा हिजो प्रधानमन्त्री ओलीको सृजना भन्दै एउटा कविता सार्वजनिक भएको थियो । कविता प्रधानमन्त्रीको ट्वीटर पेजमा राखिएको छ । ‘अब आँसु खसाउनु पर्दैन’ शिर्षकको कविता उहाॅंका सल्लाहकारहरुले पनि शेयर गरेका छन् ।

उस्तै कविता आ पी गौतम आगोको नाममा ६ महिना अघि ट्वीटरमा सार्वजनिक गरिएको भेटिएको छ । लगत्तै ट्वीटरमा भीम स्वतन्त्र अविशले प्रधानमन्त्री ओलीमाथि बौद्धिक सम्पत्ति चोरीको कसुर लाग्ने भन्दै छानविनको माग गरेका छन् ।

शुरुमा आर. पी गौतमको पोष्ट भनी राखिएपनि पछि आर. पी गौतम भन्ने व्यक्तिको ट्वीटर एकाउन्टनै गायब भएको छ । ट्वीटरमा छ महिना अघिको भनिएको कविता पोष्ट पनि गायब बनाइएको भेटिएको छ । स्रोत: रिपोटर्स नेपालबाट