बर्दियाको भुरिगाउँमा साहित्यिक कार्यक्रम सम्पन्न

डम्मर थापा मगर,
बर्दिया,साउन,७-

बर्दियाली साहित्य मञ्च बगनाहा द्वारा आयोजित बर्दिया को भुरिगाउ स्थित श्रि त्रिभुवन उच्च मा.बि मा आज एक साहित्यिक कार्यक्रम गरि सम्पन्न गरिएको छ । बर्दियाली साहित्य मञ्चका अध्यक्ष डि.बि

राश्कलको सभापतित्वमा सुरु भएको बहुभाषिक कबि गोष्ठि एवम ‘कृष्ण बिरहि’का एक दर्जन गजल वाचन कार्यक्रममा दैलेख घर भई हाल सुर्खेत मा बस्दै आउनु भयका गजलकार कृष्ण बिरहिले १२ वटा गजल वाचन गर्नु भयको थियो ।

कैलाली, बांके, सुर्खेत, अच्छाम, दाङ, बैतडि जिल्लाबाट साहित्यकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा अग्रज गजलकार श्रि खगेन्द्र गिरी ‘कोपिला ‘ प्रमुख अथिति रहनु भयको थियो भने बिशिष्ठ अतिथीमा महानन्द ढकाल र छविलाल कोपिला रहनु भयको थियो ।  

बर्दियाली साहित्य मञ्चकी उपाध्यक्ष सितल बिवसको स्वागत मन्त्ब्य संगै सुरु भयको उक्त कार्यक्रममा बिभिन्न जिल्लाका जीवराज पौडेल,पुर्ण समिर महतरा, जे.बि अनुरागी, बिक्रम शिशिर,पहल असीम थापा,महेन्द्र चन्द महासागर, बद्रि ढकाल,

खगेन्द्र अटल, ओम राना, आर.पी.अन्जान,धर्मेन्द्र बि.सी अच्युत,नारि स्रष्टा कल्पना खरेल,अन्जु स्मारिका,प्रतिभा अर्पण,शुशिला वाग्ले,माया खनाल,ईन्दिरा आचार्य गरि करिब २ दर्जन भन्दा बढि साहित्यकारहरुले आफ्नो रचना बाचन गर्नु भयको थियो भने कार्यक्रम उद्घघोषण हरि प्रकाश भण्डारिले गर्नु भयको थियो ।