ओखलढुांको तलुवामा नाल्सु बिमिरे मोटर बाटो उद्घाटन

सिर्जना बर्देवा/ 
ओखलढुंगा,पौष,१२-
२ओखलढुंगाको सिद्धिचरण नगरपालिका १ तलुवामा नाल्सु बिमिरे मोटर बाटो उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच उक्त मोटर बाटो उद्घाटन गरिएको हो । सिद्धिचरण नगरपालिकाको चालु आर्थिक बर्ष ७४,७५ को बिनियोजित बजेट बिस लाख र तिन लाख चार हजार स्थानीयको जनश्रामदान बाट खनिएको मोटर बाटोको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ र उप प्रमुख ईच्छा कुमारी गुरुङ्गले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नु भएको हो ।

वडा अध्यक्ष केदार बाबु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नगर तथा वडा स्तरका सरकारवालाहरुको उपस्थित रहेको थियो । नाल्सु देखी बिमिरे सम्म सडक जोडिए पछि स्थानीयलाई वडा कार्यलय सम्म आवात जावात गर्न सहज भएको मोटरबाटो उपभोक्ता समितीका अध्यक्ष यशु थापा मगरले बताउनु भएको छ ।

उहाँका अनुसार यस अघि त्यस क्षेत्रका नागरिक अर्को वडामा पर्ने निशखे घुमेर आफ्नो वडा कार्यलय जान बाध्य रहेका थिए अव यसतो बाध्यता हटेको बताउनु भएको छ ।नाल्सु बिमिरे सडक सिद्धिचरण नगरपालिकाको चालु आर्थिक बर्षको बिनियोजित बजेट बाट निमार्ण सम्पन्न भएको पहिलो योजना रहेको छ ।

मोटर बाटो उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले समृद्ध नगर निर्माणको अभियानका आफु रहेको बताउनु भएको छ । उपप्रमुख गुरुङ्गले समाबेशी बिकासको लागी नगरपालिका लागीरहेको भन्दै बिकासमा हातेमालो गर्न सबैलाई आव्हान गर्नु भएको छ । वडा अध्यक्ष बस्नेतले तलुवाको बिकासमा कुनै कसुर बाकी नराख्ने प्रतिबद्धदा व्यक्त गर्नु भएको छ । गाउमा मोटर बाटो उद्घाटन भएपछि स्थानीय हरु हर्षित छन् ।