ईलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघद्वारा वृहत् रक्तदान

५७ जनाले गरे रक्तदान

कोहलपुर,साउन,२६-
बाँकेको कोहलपुरमा ईलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघले अाज अाफनै कार्यालयमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।रगतको अभावमा बिरामीको अकालमा मृत्यु नहोस् भन्ने अभिप्रायका साथ व्यवसायीले रक्तदान कार्यक्रमको अायोजना गरेको उक्त संघका सभापति रमणी प्रसाद शर्माले बताउनु भयो ।

नेपाल रक्तसञ्चार शाखा कार्यालय कोहलपुरको प्रविधिक सहयोगमा गरिएको कार्यक्रममा कार्यक्रमको अध्यक्षता ईलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघका सभापति रमणी प्रसाद शर्माले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेपाल सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरका प्रमुख नारायण प्रसाद गौडेलले गर्नु भएको थियोे ।

उक्त रक्तदान कार्यक्रममा १० जना महिला र ४७ जना पुरुषले रक्तदान गर्नु भएको रक्तसञ्चार केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतराले बताउनु भयो । रक्तदान गर्न बिभिन्न व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको प्रमुख अतिथि गौडेलले बताउनु भयो ।