म्याग्दीमा १९ जाना उम्मेद्वारी दिएका मध्य ६ जनाले फिर्ता लिए

म्याग्दी,कार्त्तक,८

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागी लागि म्याग्दीमा उम्मेद्वारी दिएका १९ जना मध्ये ६ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । प्रतिनिधिसभामा एक, प्रदेश क्षेत्र नम्बर १ मा ४ जना र प्रदेश क्षेत्र नम्बर २ मा १ जनाले गरि ६ जनाले उम्मेद्वारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले जानकारी दिनुभयो ।

प्रदेशसभामा राप्रपालाई सघाएको विरोधमा प्रदेश क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका काँग्रेसका पुर्व जिल्ला उप–सभापति नेत्रबहादुर महत र जिल्ला सदस्य कर्णबहादुर भण्डारी केवीले मूख्य निर्वाचन कार्यालयमा पुगेर उम्मेद्वारी फिर्ता लिएका हुन ।

यसैविच: राप्रपा प्रजातान्त्रि तर्फबाट प्रतिनिधि सभाको उम्म्द्वारी दर्ता गरेका रुपनारायण श्रेष्ठ, प्रदेश क्षेत्रनम्बर १ का उम्मेद्वार बलबहादुर सुनार र प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार तिलाराम दमाईले समेत उम्मेद्वारी फिर्ता लिएका हुन ।

प्रदेश क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका राष्ट्रिय बहिरा महासंघका केन्द्रिय अध्यक्ष केदारनाथ अधिकारीलेसमेत उम्मेद्वारी फिर्ता लिएका छन् । एमाले निकट रहेका अधिकारीले बाम गठबन्धनलाई नै समर्थन गर्ने गरि उम्मेद्वारी फिर्ता लिएका हुन ।