सरकारविरुद्ध आन्दोलनको तयारी, सबैको साथ आवश्यक : देउवा

काठमाण्डौं,भाद्र,११-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्दै गएको बताउनु भएको छ ।

नेपाल प्रेस युनियनको संगठन व्यवस्थापनसम्बन्धी कार्यशालालाई बुधबार ललितपुरमा सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले मुलुकलाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढेको दाबी गर्नुभयो ।सरकारलाई प्रजातन्त्रविरोधी संज्ञा दिँदै उनले मानवअधिकार र वाक स्वतन्त्रताका लागि फेरि लड्ने दिन आएको पनि बताउनुभयो ।

कांग्रेसले सरकारको विरुद्ध आन्दोलनको तयारी गरिरहेकाले सबैको साथ आवश्यक रहेको सभापति देउवाको भनाइ थियो ।सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न असमर्थ भइसकेको पनि दाबी गर्दै उहाँले मिडिया काउन्सिल विधेयकलाई कुनैपनि हालतमा जस्ताको तस्तै पारित गर्न नदिने उद्घोष गर्नुभयो ।

सरकारले भूमिसम्बन्धी ऐन संशोधन गरेर सरकारी जग्गा आफ्ना कार्यकर्तालाई बाँड्न खोजेको उनको जिकिर थियो ।कांग्रेस नेता डा. मीनेन्द्र रिजालले मिडिया काउन्सिल विधेयकमार्फत् सरकारले प्रेस स्वतन्त्रतालाई खुम्च्याउन खोजेको बताउनुभयो ।ईमेजखबरबाट