विश्व पे्रस स्वतन्त्रता दिवस

रोशन घर्ति
दाङ,बैशाख,२०-
आज विश्व पे्रस स्वतन्त्रता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यका लगायत सबै जिल्लाहरुमा बिहान प्रभातफेरि तथा अन्तरक्रिया र छलफल कार्यक्रमहरु राखेको जनाएको छ । महासंघको संयोजनमा काठमाडौंको बानेश्वरबाट माइतीघर मण्डलासम्म प्रभातफेरि गरिएको छ । महासंघले नेपालको पे्रस स्वतन्त्रताको अवस्था र अभ्यास विषयमा छलफल तथा प्रतिवेदन सार्वजनिक कार्यक्रम पनि राखेको महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिनुभयो ।