आगलागी हुँदा दुई वटा घर जलेर नष्ट

रोशन घर्ति
दाङ,बैशाख,२०
सर्लाहीको उत्तरी क्षेत्रमा पर्ने कालिन्जोरमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् । आगलागीमा परि साबिक कालिन्जोर गाविस– ७ सुकेपुरका पुरुषोत्तम घिमिरे र रामबाबु कार्कीको घर जलेर नष्ट भएको हो । बारीमा झिक्रा डढाउन बालिएको आगो घरमा सल्किएको स्थानीयले बताएका छन् । आगलागीबाट पुरुषोत्तम घिमिरेको १२ लाख ३० हजार रुपैँया र रामबाबु कार्कीको ५ लाख ४० हजार रुपैँया बराबरको क्षति भएको प्रहरी चौकी फूलजोरले जनाएको छ । आगलागीमा परि दुबै परिवारको घर सहित अन्नपात, कपडा, भाडाबर्तन सबै जलेर खरानी भएको बताइएको छ ।