सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी

‘आज सहमति जुटाएर भोलिसम्म सार्वजनिक गर्ने तयारी’


काठमाडौं,पुष,२१-सत्ता साझेदार दलहरूले बिहीबार सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् ।

यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम बिहीबार टुंगो लगाउने निर्णय गरेको थियो ।

सत्ता साझेदार सात दलबाट एक-एक जना प्रतिनिधि बसेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारिएको हो ।

जनतासँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल र अन्य नीतिगत विषयमा केन्द्रित रहेर न्यूनतम कार्यक्रम ल्याउने तयारी सरकारले गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार बिहीबार मस्यौदालाई अन्तिम रुप दिएर भोलि शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी भईरहेको छ ।

गत पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने भने पनि केही ढिलाइ हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संसदबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुनेछ ।ईमेजबाट