निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको आयोगको भनाई

काठमाडौं, २५ वैशाख –

निर्वाचन आयोगले स्थानिय तहको चुनावका लागि चाहिने सबै सामग्री जिल्ला पुर्याइसकेको बताएको छ । बैशाख ३१ गते आइतबार हुने स्थानीय तह चुनावको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको तयारी अन्तिम चरणमा रहेको र अब केही प्राविधिक विषय मात्रै बाँकी रहेको आयोगको भनाइछ । आयोगका सचिव गोपीनाथ मैनालीले चुनावमा आवश्यक सबै सामग्री जिल्लामा पुगिसकेको जानकारी दिनुभयो ।

बुधबारसम्म सबै केन्द्रमा निर्वाचन अधिकृतसहित मतपत्र, मतपेटिका लगायतका सामग्री पनि पुगिसक्ने आयोगका उहाँले बताउनुभयो ।मतदातापरिचयपत्र पनि जिल्लामा पुगिसकेको छ ।

बिहीबारदेखि मतदाता परिचयपत्र वितरण हुनेछ । बिहीबार, शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने तयारी गरिएको छ ।