जाजरकोटमा पहिरोले घर पुरिंदा वली परिवारका तीन जनाको मृत्यु

जाजरकोट,भदौ,१५-

जाजरकोटको तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ ।

आज बिहान १२ बजे जे आएको पहिरोले घर पुर्दा उनकी श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पार्वतीका श्रीमान् दलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको बताइएको छ ।जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि प्रहरी टोली खटिएको उहाँले बताउनुभयो । अहिले घटनास्थलमा उद्धारकार्य जारी छ ।