२ दिने गोष्ठी कैलालीको बौनियांमा शुरु

पवन मुडभरी/

बौनियाँ,पुष,१३-
जिविकोपार्जन तथा शशक्तिकरण परियोजना अन्तर्गत म्हिला अधिकार सम्बन्धी २ दिने गोष्ठी कैलालीको बौनियांमा आजदेखी शुरु भएको छ । दि लेप्रोसी मिसन नेपालले गोष्ठीको आयोजना गरेको हो ।

जनस्वास्थ्य अधिकृत कैलाश कुमार रावतको प्रमुख आतिथ्यमा शुरु भएको गोष्ठीमा शमशेर ढुंगाना , लगायत अतिथी रहनुभएको थियो । बाल एसोसियसनका पुर्व केन्द्रिय उपाध्यक्ष जुहारीलाल चौधरी प्रशिक्षक रहनुभएको गोष्ठीमा साविकको दोदोधरा गाविसका ४ वटा समुहका ६० जना सदस्यहरुको सहभागिता रहेको छ ।

गोष्ठीमा सामाजिक विकास सहजकर्ता फुलकुमारी बडायक , रामदेव कुष्मी थारुले सहजीकरण गरीरहनुभएको छ । विगत केही वर्षदेखी एकल महिला , दलित , अपांग र कुष्ठ रोगवाट पिडीतहरुको आयआर्जनका लगी सो संस्थाले सिपमुलक तालीम

एवम अनुदान दिंदै आएको र दोदोधरा गाविसमा ३ वर्षे कार्यक्रम अन्तर्गत समुह गठन गरी विपन्न समुदायका महिलाहरुको जिविकोपार्जनका लागी सहयोग गरीरहेको सामाजिक विकास सहजकर्ता खडक चौधरीले जानकारी दिनुभएको छ ।