जेटीकप क्रिकेट प्रतियोगितामा सेमि फाईनल समिकरण पुरा

पवन मुडभरी/
बौनिया,कार्तिक,३०-

कैलालीको बर्दगोरीया गाउपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आज भएका क्वाटर फाईनल खेलमा आरएमई टिकापुर र सन्त निरकारी टिकापुर विजयी हुदै सेमिफाईनलमा प्रवेश गरेका छन । आज भएको पहिलो क्वाटर फाईनल खेलमा बसन्त मुरारीलाई ६ विकेटले हराउदै आरएमई टीकापुर विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बसन्त मुरारीले १२.१ ओभर खेल्दै सवै विकेट गुमाउदै ५८ रन जोडन सफल भएको थियो । बसन्त मुरारी बौनियालाई ५८ रनमा समेटने क्रममा आरएमई टीकापुरका कप्तान भविष्य धामीले ४ विकेट र सुरेन्द्र शाहीले २ विकेट लिएका थिए ।

५९ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको आरएमई टीकापुरले १०. २ ओभर खेल्दै ४ विकेटको क्षतिमा ५९ रन जोडन सफल भयो र ६ विकेटको जित हात पार्न सफल भएको हो । ४ विकेट लिएका आरएमई टीकापुरका भविष्य धामी म्यान अफ द म्याच भए ।

यसैगरी आज भएको दोस्रो खेलमा संत निरकारी टीकापुरले पायनियर्स लम्कीलाई ४७ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको संत निरकारी टीकापुरले १७ ओभर खेल्दै सवै विकेट गुमाउदै १ सय २४ रन जोडन सफल भएको थियो ।

जसका लागी सुरेन्द्र कुवरले नटआउट २७ र कप्तान कुशल कठायतले १८रनको योगदान गरेका थिए । संत निरकारी टीकापुरलाई १ सय २४ रनमा रोक्ने क्रममा पायनियर्स लम्कीका जिवन रेग्मीले ३ ओभरमा १८ रन दिदै ५ विकेट लिएका थिए ।

१ सय २५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा पायनियर्स लम्कीले कप्तान कुशल कठायतको बलिङ खेल्न नसक्दा १५.३ ओभरमा ७६ रनमा समेटिनु परेको थियो र ४७ रनको हार व्यहोर्नु परेको हो । कुशल कठायतले ४ ओभरमा २ मेडन राख्दै ३ रन खर्चेर ५ विकेट लिएका थिए । उनि म्यान अफ द म्याच भए ।

यो खेल सगै क्वाटर फाईनलका खेलहरु सम्पाप्त भएका छन भोली २ वटा सेमि फाईनलका खेल हुने भएका छन । जसमा विहान लिटील फलावर धनगढी विरुद्ध आर्दश नमुना लम्की र भोलीको अर्को सेमिफाईनल खेल संत निरकारी टीकापुर,विरुद्ध आरएमई टीकापुर विच खेल हुने खेल सयोजक एकेन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको थियो । कार्तिक १५ गते देखि सञ्चालन भएको प्रतियोगिता शनिवार समापन हुने उपसंयोजक मनोज पन्तले जानकारी दिनुभयो ।