नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट बुधबार मात्र किन्न पाईने

टिकट अनलाइनबाट काट्न नपाइने

फाईल तस्विर !!

टोकियो,जापान,१३-साफ च्यम्पियनसिपको फाईनल खेल भोली बुधबार हुदैछ।

नेपाल र बंगलादेशबीच हुने फाईनल खेलका लागि एन्फाले बन्द गरेको टिकट बिक्री पुन: खुलाएको छ तर अनलाइनबाट भने टिकट काट्न नपाइने भएको छ।

नेपाल र भारतबीचको सेमीफाइनल खेलमा दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै विवाद उत्पत्न भएपछि एन्फाले बुधबार हुने खेलको टिकट बिक्री रोकेको थियो।

फाइनलमा ‘अर्डिनरी’तर्फ १० हजार र ‘भीआईपी’तर्फ १ हजार मात्र टिकट बिक्री गर्ने गरी निर्णय भएको एन्फाले जनाएको छ।

एन्फाका अनुसार भोलि बिहान ८ बजेदेखि ललितपुरस्थित जावलाखेलको मैदानबाट टिकट किन्न पाइने छ।

अर्डिनरीतर्फ एक जनाले ५ वटासम्म टिकट किन्न पाउने छन् भने भीआईपीतर्फको टिकट भने एक जनाले दुईटा मात्र किन्न पाउने एन्फाले जनाएको छ।