आजको राशिफल ।। साउन १५ गते आईतवार ।।

काठमाडौं,साउन,१५-आज विक्रम संवत २०७९ साल साउन महिनाको १५ गते आईतवार, (जुलाई ३१ तारिख) साउन शुक्ल तृतिया तिथी !!आज खिर खाने दिन, सथै वराह जयन्ती पनी हो ।।

आज साउन १५ गते आईतवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन रोकिएको कार्य पुन: सुचारु हुन सक्छ।महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ।आर्थिक कारोबारमा मन्दी आउला।पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन्।कुनै कुराले मनमा शान्ति छाउनेछ। सफल र लाभदायक यात्राको योग पनि छ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन शुभ समाचार सुन्न पाइएला।परिवारजनको साथले नयाँ आशा जगाउनेछ।नयाँ सवारी साधन प्राप्तिको योग छ।अरुको मन जित्न सकिनेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन आस मारेको काम बन्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।अचल सम्पत्ति हात पर्ने योग छ। आँटेको र ताकेको कार्य पुरा हुनेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन मन भावुक र उत्ताउलो बन्नेछ,आफूलाई अनुशासित र संयम बनाउनु पर्छ।आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ।रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन नयाँ कार्यको योजना बन्नेछ।बोलीको प्रभाव बढ्नेछ।वित्तिय संस्थाबाट सहयोग पाइनेछ। स्वादिष्ट भोजन पनि पाइनेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन कुनै कुराले मनमा शान्ति छाउला।धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ।अधूरा कामकाज पनि सहज हुँदै जानेछ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ।मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला।घरायसी समस्या बढ्नेछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ।चलाखीपूर्ण बोलीले काम बन्नेछ।दैनिक कार्यमा प्रगति हुँदै जानेछ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन धार्मिक, सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ।साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल