एमालेको अध्यक्षमा उठ्ने भीम रावलको घोषणा

काठमाण्डौं,मंसिर,५-नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले चितवनमा हुन लागेको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नु भएको छ।

आइतवार दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो घोषणा गर्नु भएको हो।

‘मैले जहिले पनि पार्टी एकताको पक्षमा उभ्याउँदै आएको छु। पछिल्लो पटक देखिएको विवादमा पार्टीले थप क्षति ब्यहोर्न नपरोस् भनेर पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको छु’, उहाँले भन्नुभयो, ‘मैले हतोत्साहित भएर हुँदैन। सशक्त एमाले सबैको चहाना र सरोकारको विषय हो। यस पार्टीको सिर्जना र विकासमा भएको सबैको प्रयास सार्थक होस्।’

उहाँले वर्तमान प्रतिस्पर्धी विश्वमा पार्टी नेतृत्वमा उठ्ने बताउनुभयो। 
‘वर्तमान प्रतिस्पर्धी विश्वमा पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु।चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको बताउनुभयो।