झलारीमा ठगी गर्ने विरुद्ध १६ जनाको उजुरी

होम योगी
कञ्चनपुर,मंसिर २१-विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा झलारीमा रहेको सिनियर केयर सेन्टरका साखा प्रबन्धक हेमन्ती चौधरी विरूद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको छ । विभिन्न प्रलोभनमा ३५ लाख रूपयॉ ठगी गरेको भन्दै चौधरी विरुद्ध १६  जनाको उजुरी परेको प्रहरिले जनाएका छ ।

चौधरीले राम्रो काममा लगाइ दिने , वैदेशिक रोजगारीमा पठाइ दिने , घर जग्गा खरिदका लागी सहयोग गर्ने भन्दै ठगी गरेको पिडितले उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरिक्षक वासु अवस्थीले जानकारी दिनुभयो ।

संस्थाले आदिवासी जनजाति, मुत्तकमैया ,बाढी प्रभावित दन्दपीडित तथा सिमान्यकृत वर्गका लागी जीबिको पार्जन कार्यक्रम गर्ने भन्दै चौधरीले रकम ठगी गरेको उजूरी कर्ताको आरोप छ । चौधरी नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको सिनियर केयर प्रा लिको झलारी साखाको प्रबन्धक रहेको बताइएको छ ।