प्रधानमन्त्री दाहाल राप्ती नदीको पुल शिलन्यास गर्न आज दाङ आउदै

दाङ,मंसिर २२-राप्ती नदीको पुल शिलन्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दाङको देउखुुरी आदैहुनुहुनछ । पुलले पूर्व पश्चिम राजमार्गमा पर्ने सिसनियाँ गाविस र कालाकोट गढवा सडकखण्ड अन्तर्गत गोबरडिहा गाविसको महादेव गाउँलाई जोड्ने छ । राप्तीमा पुन बन्ने भएपछि गोबरिया र  सिसनिया गाविसका बासिन्दा खुस िदेखिएका छन् । तर पुल शिलान्यास कार्यक्रममा दाङ आउन लाग्नु भएका प्रधानमन्त्री पदाहाललाई प्रभावित पर्ने गरि एमालेले जिल्ला बन्द घोषणा गरेपछि स्थानीय निराश बनेका छन् ।अनेरास्ववियूका प्रर्वकेन्द्रिय सदस्य पवन शर्मा रिजालले संविधान संशोधनको विरोध र प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै आज दाङ जिल्ला बन्द गरिएको जानकारी दिनुभयो ।

राप्ती नदीमा बन्ने पुलले सिसनिहा गाविसको नम्बर २ छोट्की सिसनिहादेखि गोवरिहा गाविसको वडा नं. ६ महादेवसम्म जोड्ने बताईएको छ । हाल राप्ती नदीको दाङ खण्डमा भालुबाङ र गढवामा पक्की पुल छ । गोबरडिहा गाविसको महदेवाबाट पूर्वपश्चिम राजमार्गअन्र्तगत सिसनिहा जोड्ने पुल नहँदा स्थानीयवासिन्दा कालाकाटे वा गढवा लमही हुँदै निकै लामो दुरीको यात्रा गर्न बाध्य छन् । वर्षयाममा जोखिमपुर्ण तरिकाले डुंगाबाट नदी पार जर्नुपर्ने बाध्यता स्थानीयमा रहेको  ।