बाँकेको कोहलपुरमा छिट्टै अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नती गरिने

बाँके,मंसिर २२-खेलकुद मन्त्री दलजित श्रीपाईलीले बाँकेको कोहलपुरमा छिट्टै अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नती गरिने बताउनु भएको छ । मंगलबार कोहलपुर स्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानलाई आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिनुभएको हो । उहाँले स्थानीय ब्याटमिन्टन कोट पनि निरीक्षण गरेको मध्यपश्चि क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभएको छ ।