व्यवस्थापिका संसदको बैठक आज दिउसो १ बजे बस्दै

काठमाडौं, मंसिर  २२ – व्यवस्थापिका संसदको बैठक आजलाइ डाकिएको छ ।संसद भवन नयाँ वानेश्वरमा दिउसो १ बजेका लागि बैठक बोलाईएको वैठकमा आजपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बीत प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने या नलगाउने भन्ने विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।आयोगका प्रमुख आयुक्त माथि सांसद महेन्द्रबहादुर शाहीसहित १५७ जना सांसदले प्रस्ताव दर्ता गरेका छन् ।

महाअभियोगको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेपनि पछिल्लो समय एमालेले लगाएका प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् ।जसले गर्दा प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको छैन । सरकारले संविधान संशोधनको प्रस्ताव पेश गरेसँगै संसद अवरुद्ध गर्दै आएका छन् ।