भारतीय सांसद कीर्ति आजादलाई नेपालको दुश्मन घोषणा गर्न निधिको माग

काठमाडौं, वैशाख,२९-

भारतीय सांसद् कीर्ति आजादको अभिव्यक्तिप्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिले कडा आपत्ति जनाउनु भएको छ ।

 

आजादलाई नेपालको दुश्मन घोषणा गरी विरोध गर्नसमेत निधिले आग्रह गर्नुभयो ।आजादले शुक्रबार ट्वीट गर्दै जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला क्षेत्र भारतको भएकाले फर्काउन भन्नुभएको थियो ।

मिथिला क्षेत्र नेपाल–अंग्रेजबीच सन्धि गरेर दुई सय वर्षका लागि नेपाललाई दिइएको र त्यो समय सकिएकाले अब भारतले नै फिर्ता लिनुपर्ने आजादको तर्क थियो ।आजादको अभिव्यक्ति सार्वजनिक भएसँगै निधिले ट्वीट गर्दै कडा आपत्ति जनाउनु भएको हो ।

‘जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने कीर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर, २ नं प्रदेश, मधेश र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं’ निधिले ट्वीटमा भनेका छन्।भारतीय सांसद आजादको सोच दुबै देशको अखण्डताका लागि खतरा भएको पनि उहाँले प्रष्ट पार्नु भएको छ । ईमेजखबरबाट