नेपाल नर्सिङ सँघ भेरीले मनायो अन्तराष्ट्रिय नर्सिङ दिवस

के-पी-घिमिरे/
नेपालगन्ज,बैशाख,२८-
नेपाल नर्सिङ सँघ भेरीले अाज अन्तर्राष्ट्रिय नर्सिङ दिवसको उपलक्ष्यमा विविध कार्यक्रम गरी भव्य रुपमा मनाएको छ ।मे १२ लाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा विश्व भरीनै मनाउने गरिन्छ ।

नेपाल नर्सिङ सँघ भेरी कि अध्यक्ष लक्ष्मी के-सी- को सभापतित्व, प्रमुख जिल्ला अधिकारी रमेश कुमार के-सी – को प्रमुख अतिथि , जिल्ला जनस्वास्थ्य प्रमुख खिम बहादुर खड्का अतिथि, खजुरा गाउँ पालिका कि उप प्रमुख एकमाया बि-क- , भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिरेन्द्र बहादुर चन्द लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

स्थानीय भेरी प्राविधिक शिक्षालयमा प्रभात फेरी कार्यक्रम पश्चात् सास्कृतिक कार्यक्रम लगायत शुभकामना मन्तव्य राखिएको थियो। स्वागत मन्तव्य भेरी नर्सिङ संघ भेरी कि सदस्य देव माया घलेले राख्नु भएको थियोे । मन्तव्यकै क्रममा खजुरा गाउँ पालिका कि उप प्रमुख एकमाया बि -क-ले नर्सहरुलाइ स्वयंम सेवकको रुपमा धेरै श्रम शोषण गरेको पाइएकोले यसको अन्त्यका लागि सरकारले नै पहल गर्नु पर्नेमा जोड दिनु भयो ।

मन्तव्यकै क्रममा विश्वमा एचआइभी को संक्रमण दर घटाउनमा नर्सहरुको महत्त्वपूर्ण भुमिका रहेको कुरा एडस हेल्थ फाउन्डेसन नेपाल बाँकेका कार्यक्रम संयोजक संजय पौडेलले बताउनु भएको थियोे । प्रमुख जिल्ला अधिकारी रमेश कुमार के-सी- ले नर्सहरु अाफ्नो पेशा प्रति इमानदारीपूर्वक काम गर्नु पर्नेमा जो‍ड दिनु भयो ।

अस्पतालमा काम गर्ने नर्सहरुको बोली राम्रो नभएको भन्ने गुनासो अाउने गरेको हुदा नम्र भएर बिरामीहरुको सेवामा लाग्न अनुरोध गर्नु भयो । उहाँले नर्सहरुलाई श्रम शोषण गरेको भनेर यदाकदा सुन्ने गरेको र त्यस्तो गरेको भए कार्यालयमा आइ निवेदन दिएमा त्यस्ता कार्यालयहरुलाइ कानुनी दाएरामा ल्याइ कार्यवाही गरिने बताउनु भयो ।

उक्त कार्यक्रममा बिच बिचमा नर्सिङ बहिनीहरुले सास्कृतिक कार्यक्रम देखएका थिए ।उक्त कार्यक्रम सन्चालन नर्सिङ शिक्षीका मनिता प्याकुरेल गर्नु भएको थियो । कार्यक्रममा प्रेस युनियन बाकेका सचिव अर्जुन ओलीले पनि नर्सिङ दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य दिनु भएको थियो ।

कार्यक्रम कि अध्यक्ष लक्ष्मी के-सी- ले नर्सिङ दिवसको उपलक्ष्यमा रक्त दान कार्यक्रम रक्त संचार कार्यालय नेपालगन्जमा राखेको हुदा उक्त कार्यक्रममा गएर रक्तदान गर्न अनुरोध गर्नु भएको थियो ।त्यहाँ उपस्थिति सबैलाई हार्दिक धन्यवाद दिदै कार्यक्रम समापन नेपाल नर्सिङ संघ भेरी कि अध्यक्ष लक्ष्मी के-सी- ले गर्नु भएको थियो।