एन- टी- सी- कलेजका विद्यार्थीहरुद्वारा हस्तकला चित्रकला प्रदशनी

के पी घिमिरे/
नेपालगन्ज, बैशाख,२८-
नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जमा अध्ययनरत विध्यार्थीहरुले आज एक कार्यक्रम गरेर आफ्नो हातले बनाएको हस्तकला चित्रकला प्रदशनी गरेका छन् ।

कलेजमा सामान्य चिकित्सक , ल्याव टेक्निसियन , सिभिल ओभरसियर, कम्प्युटर इन्जिनियरमा अध्ययनरत विध्यार्थीहरुले आफ्नो विषयसँग सम्वन्धित शैक्षिक चित्रकला हस्तकला कलाल्मक ढङ्गले बनाएर प्रदशनि गरेर देखाएका थिए ।

उक्त कलेजका निर्देशक किशोर कुमार पाण्डेले विद्यार्थीहरुले यस्ता किसिमका प्रदशनि गर्ने गर्दा उनिहरुलाई पढाईका अलावा थप ज्ञान ,सीप अार्जन गर्ने बानीको विकास हुने कुरामा जोड दिनु भयो । यस्ता प्रदशनिमा लाग्ने खर्चको व्यवस्था कलेजले गरेको वताउनु भयो ।

उक्त प्रदर्शनीमा सवै भन्दा राम्रो वनाएका बिभागका विद्यार्थीहरुलाई प्रथम,द्दितीय र तृतीयको प्रमाणपत्र वितरण गरिएको कलेजका प्राचार्य दिपक बि-सी-ले बताउनुभयो । उक्त कार्यक्रममा अन्य कलेजहरुबाट पनि शिक्षक तथा विद्यार्थीहरु अवलोकन गर्न अाएको कुरा प्राचार्य बि-सी- ले बताउनु भयो ।