बाजुरामा काँग्रेस एमालेका कार्यकर्ताबीच झडप, एकको मृत्यु दर्जनौ घईते

बाजुरा,असार,४-

बाजुराको छेडेदह गाउँपालिकाकाको उम्मेदवारी दर्ता गर्ने क्रममा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा छेडेदह गाउँपालिका ५ का ५० वर्षका हंशबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरिक्षक दल बहादुर बोगटीले जानकारी दिनुभयो । 

नारावाजी गर्दै आइरेहेका दुई दलका कार्यकर्ताबीच पहिला हात हालाहाल भएको र पछि ढंगामुढा र घरेलु हतियारसहित मुठभेड भएको थियो । झडपमा कांग्रेस एमालेका झण्डै १५ कार्यकर्ता घाइते भएका छन्।

घाइतेमध्ये ५ जनाको स्थिति नाजुक भएको जिल्ला अस्पतालले जनाएको छ। यस्तै घाइते बलबहादुर रोकाया दोगडीको जिल्ला स्वास्थ्य कार्यलय मार्तडीमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको छ । भने अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरी निरीक्षक बोगटीले जानकारी दिनुभयो ।