चर्चित मोडल थापाको अभिनयमा एकै दिन दुईवटा म्युजिक भिडियो सार्बजनिक

सिर्जना बर्देवा,

ओखलढुङगा,असार, ४-

बाग्लुङ्गको गल्कोटमा जन्मीएका चर्चित मोडल बुद्धबिर थापाको अभिनयमा एकै दिन दुईवटा उत्कृष्ट लोक दोहोरी गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । एक घण्टाको फरकमा सार्बजनिक भएको म्युजिक भिडियोहरु निकै उत्कृष्ट रहेको छ । “रुमालैले छेक्नी” र “पराई” बोलको गितमा प्रेम जोडीहरुको कहानीलाई देखाईएको छ ।

“रुमालैले छेक्नी” बोलको गित अत्यन्तै मार्मिक र बियोगान्त रहेको छ । यस मार्मिक लोकदोहोरी गितको शव्द सिर्जना प्रेम सागर पौडेलको रहेको छ भने लय सिर्जना राजन कार्कीको रहेको छ । तारानाथ आचार्यको एरेन्ज रहेको यस गितमा चर्चित गायीका बिष्णु माझी र प्रकाश बरालको सुमधुर स्वर रहेको छ । अभिनयमा थापालाई मोडल प्राप्ती पौडेलले साथ दिएकी छिन् ।

भिडीयो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस ।

चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन बासु बरालको रहेको छ भने मिलन बि.कले भिडियोको सम्पादन गरेका छन् । बि.स्टार फिल्मस् प्रा.लीले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियो लाई रक्षा म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

त्यस्तै “पराई” नामक गितको लय तथा शव्द सिर्जना शंकर शर्माको रहेको छ भने चर्चित गायक पुश्कल शर्मा र अनुजा पुडासैनीको सुमधुर स्वर रहेको छ । स्वस्तिका तिवारीको प्रस्तुती रहेको यस म्युजिक भिडियोको अभिनयमा थापालाई पद्मा जोशीले साथ दिएकी छिन् ।

यस भिडियोमा पनि स्वयम निर्देशक चौहानको निर्देशन ,बासु बरालको छायांकन मिलन बि.कको सम्पादन रहेको छ । बि.स्टार फिल्मस् प्रा.लीले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियो लाई भने बसन्त फिल्मस् प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

भिडीयो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस ।