थपिए २३ संक्रमित, २१५ जना संक्रमणमुक्त

काठमाण्डौं,चैत्र,१३-नेपालमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८० पीसीआर र १ हजार ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट मुत्यु हुनेको संख्या शून्य रहेको छ ।

आइतबार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।हाल देशभर १ हजार ५५८ जना सक्रिय संक्रमित रहेका छन् ।