ओली आतंक बिर्सिन नहुने प्रधानमन्त्री देउवाको भनाई

गठबन्धनबिना चुनाव जित्न नसकिने भनाई

काठमाडौं,चैत्र,११-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबिना चितवनमा कांग्रेसले चुनाव जित्न नसक्ने बताउनु भएको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले आफू विद्यार्थी राजनीति गर्दादेखि नै चितवनमा चुनाव जित्न नसकेको बताउनुभयो।

‘चितवनमा कांग्रेसले कहिल्यै चुनाउ जितेको इतिहास छैन।जहिले हारेको हारेइ।कहिले जित्दा पनि जित्दैन’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भन्नुभयो,‘ मैले उहिले विद्यार्थी राजनीतिबाटै जानेको हुँ। यहाँ भएका साथी मध्ये कोही त जन्मनु पनि भएको थिएन होला।’

देउवाले नेकपा (एमाले) लाई हराउन पनि गठबन्धन बनाउनुपर्ने बताउनुभयो। उहाँले चितवनमा कांग्रेस एक्लै लड्नुपर्छ भन्ने नेता कार्यकर्तालाई चुनाव नजिते के गर्नुहुन्छ भन्ने प्रश्न पनि गर्नुभयो।

‘ओलीको आतंक यति चाँडै बिर्सने’ देउवाले भन्नुभयो, ‘गठबन्धन बिना चुनाव जितेर देखाउनु। जितेन भने मैले जान्या छु। जितेन भने के गर्नु हुन्छ?’भन्दै प्रश्न गर्नु भएको थियो ।