चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आईपुगे, नेपाल-चीन उच्चस्तरीय बैठक बस्ने

आईतबार स्वदेश फर्कने !!

काठमाडौं,चैत्र,११-चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुग्नु भएको छ ।शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुग्नु भएको हो ।

उहाँ एक घण्टा ढिला त्रिभुवन विमानस्थलमा ओर्लिनुभएको हो ।विमानस्थलमामा चिनियाँ विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री नारायण खड्काले स्वागत गर्नुभएको हो ।

पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उहाँ विशेष विमानबाट काठमाडौं आइपुग्नुभएको हो ।परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उहाँ नेपाल आइपुग्नु भएको हो । चिनियाँ विदेशमन्त्री वाङको यो तेस्रो नेपाल भ्रमण हो ।

शुक्रबार कुनै औपचारिक कार्यक्रम रहेको छैन ।चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार साँझ काठमाडौंस्थित चिनियाँ दूतावास जाने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले चिनियाँ राजदूत र नेपालमा रहेका चिनियाँ समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

शनिबार बिहान हाइकिङको लागि उहाँ शिवपुरी पुग्नुहुने छ । हाइकिङबाट फर्केपछि बिहान १० बजे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नुहुने छ ।

परराष्ट्र मन्त्रालयमा नै दुई देशका विदेशमन्त्रीको उपस्थितमा नेपाल–चीन उच्चस्तरीय बैठक बस्ने छ । बैठक सकिएपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेका छ ।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता हुँने छ ।

चिनियाँ विदेशमन्त्री वाङ आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम रहेको छ ।

आइतबार नै मध्यान्ह नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।आइतबारनै चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्कनुहुने छ ।