मेस्सी पेनाल्टीमा गोल गर्न चुक्दा : अर्जेन्टिना र अाइसल्याण्ड १-१ को बराबरीमा रोकियो

पौने ९ वजे पेरु र डेनमार्कको हुने

रुस,असार,२-

रुसमा जारी विश्वकपमा कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना विश्वकपको अाफ्नो पहिलो खेलमा डेब्यू टोली अाइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको छ।

खेलको ६३अौं मिनेटमा अाइसल्याण्डका माग्नुसनले सर्जियो अग्गुरोलाई लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन। बायाँ तर्फ मेस्सीले प्रहार गरेको प्रहारलार्इ अाइसल्याण्डका गोलकिपर हेनस हलडोर्सनले पन्च गर्दै बाहिर पठाइ दिएका थिए। 

यसअघि पहिलो हाफमा दुबै टोलीले १-१ गोल गरेका थिए। सर्जियो अग्युरोको गोलमा अाइसल्याण्डमाथि अर्जेन्टिनाले सुरुवाती अग्रता दिलाएको चार मिनेटमै अाइसल्याण्डले बराबरी गोल फर्काएको थियो।  

खेलको १९अौं मिनेटमा पेनाल्टी एरियामा सहकर्मी रोजोबाट अाएको बललार्इ नियन्त्रण गर्दै अग्युरोले १५ यार्डबाट गोल गरेका थिए। उनको यो विश्वकपको पहिलो गोल हो। 

२३ अौं मिनेटमा अाइसल्याण्डले बराबरी गोल फर्कायो। गाइल्फी सिगुर्डसनको क्रसमा फिन्बोगोसनले ६ यार्डको दुरीबाट बराबरी गोल फर्काएका हुन। अाइसल्याण्डको विश्वकपमा यो पहिलो गोल हो। 

यसैविच : आजको तेस्रो खेलमा पेरु र डेनमार्क भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ९ वजे सुरु हुनेछ ।

यस्तै आजै राति पौने १ बजे हुने खेलमा क्रोएसिया र नाईजेरिया आमने सामने हुनेछन् ।