नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल्ने

काठमाडौं,बैशाख,४-एएफसी एसियन कप छनोट अघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ । 

एन्फाले मैत्रीपूर्णका लागि अफगानिस्तानसँग प्रस्ताव गरेको थियो ।उक्त प्रस्ताव अफगानिस्तानले स्वीकार गरेको एन्फाले जनाएको छ । 

छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरिसकेको छ ।  मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् ।

छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।  दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।खेलपाटीबाट