सुदूरपश्चिममा कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या १५ पुग्यो

फाईल तस्विर !!

कैलाली,असोज,१-कैलालीको धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-५ की ५७ वर्षीया संक्रमित महिलाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

मृतकलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।

संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार भइरहेको थियो । मृतकलाई रेम्डेसिभिर औषधिसमेत प्रयोग गरिएको सुचना अधिकारी श्रेष्ठले बताउनुभयो ।यो सँगै सुदूरपश्चिममा संक्रमित मृतकको संख्या १५ पुगेको छ ।