मध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा चेली तिहारको रौनकता

बाँके,माघ १-मध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा आजबाट चेली तिहारको रौनकता छाएको छ । माघ महिनालाई धर्मी महिनाका रुपमा मान्ने यहाँका बासिन्दाले यस महिनाभर छोरी बहिनीलाई माइती घरमा बोलाएर र आफै उनीहरुको पोइली घरमा भेट्न गएर मीठा खाने कुरा र दान दक्षिणा दिए पछि धर्मप्रप्ती भएको अनुभुती गर्ने प्रचलन रहेको छ ।

 यस क्षेत्रका बाजुरा बझाङ्ग, डोटी, अछाम, दार्चुला बैतडी, हुम्ला, जुम्ला कालिकोट लगायतका जिल्लामा चेली तिहार मनाउने प्रचलन रहेको छ ।माघ एक गतेलाई माघे संक्रान्तिको रुपमा पर्व मनाउने भए पनि महिना भर भने चेली तिहारको नाममा मनाउने प्रचलन रहेको छ ।

पुसको अन्तिम दिन अर्थात आजको दिन जंगलमा गएर तरुल, गिठा, भ्याकुर कोरेर ल्याएर त्यसैको उपहारका रुपमा भोली बिहान पाँच वटा जौ, तिल लगायतको अन्न जलाएर तिलख लगाई छोरी बहिनीलाई दक्षीणा दिने प्रचलन रहेको छ ।