माघी पर्वको अवसरमा ठाकुरद्वारामा यस वर्ष पनि ठुलो मेला

बर्दिया,माघ १-माघी पर्वको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा यस वर्ष पनि ठुलो मेला लागेको छ । मेलाको पहिलो दिन आज हजारौ दर्शकहरुले मेला भरेका छन । मेलामा विभिन्न परिकारका साथै लक्ताकपडा तथा घरायशि सामानाहरु राखिएका छन ।

साथै मेला विभिन्न स्टलहरु वनाएर सास्कृतिक कार्यक्रम समेत गरिएको छ ।ठाकुरवावा मन्दिर दर्शनका साथै स्थानिय कलाकारहरुको समुहहरुले मेला परिसरमा वनाएका सांगेतिक स्टहरुमा गरिएका कार्यक्रमहरु हेर्न धेरै दर्शकहरु पुग्ने गरेका छन ।

 माघी पर्वको अवसरमा ठाकुरद्वारामा यस वर्ष पनि ठुलो मेला ऐतिहासिक ठाकुरबाबा मन्दिर परिसरमा ५ दिनसम्म मेला लाग्ने गर्छ । बांके, बर्दिया, सुर्खेत ,दाङ्ग, कैलाली, कञ्चनपुर, र छिमेकी राष्ट्र भारतबाट समेत ठाकुरबाबा मन्दिरको दर्शन गर्न र मेला भर्न हजारौ भक्तजन पुगेका छन । यस्तै, आज बाँकेको बैजापुर, दाङ्गको रिहार र बारकुने, लगाएतका स्थानमा ठूलो मेला लागेको छ ।