नेपाली चलचीत्र “खुस्मा” टोकियोमा प्रदर्शन

टोकियोमा खुस्मा फिल्मले पायो दर्शकको राम्रै साथ ॥

फाईल तस्विर ॥

टोकियो,कार्तिक,४-नेपाली कथानाक चलचित्र ‘खुस्मा’ जापानको राजधानी टोकियोमा आज आईतवार प्रदर्शन भएको छ।

जापानका लागी कपि राईट पाएको खुर्पेटो प्रोडक्शन र टोकियोमा प्रेम प्रकाश रोका मगरको टिमको आयोजनामा टोकियो स्थित नाकानो जिरो हलमा प्रदर्शन भएको हो।

खुस्मा फिल्म हेर्न टोकियो आसपासमा बस्ने थुप्रै नेपालीहरुको उपस्थिति रहेको थियो।खुस्मा फिल्मले टोकियोमा दर्शकको राम्रै साथ पाएको छ।

फिल्ममा विशेष गरि मगर समुदायको रितिरिवाजको कथा वस्तुलाई समेट्दै सशस्त्र-माओवादी द्धन्द्वकालमा गाँउबस्तीमा बस्ने एक यूगल जोडीको अकुंराएको प्रेमकथालाई समेटिएको छ।

पछिल्लो समय यो फिल्मले देश तथा विदेशमा राम्रै साथ पाई रहेको छ।सबै जनाको मन मुटुमा बस्न सफल यो फिल्मको चर्चित गित रुकुम मैकोट बोलको गित हलमा बज्दा दर्शकले हुटीङ गर्दै नाच्दै निकै मनोरञ्जन लिएका थिए।

त्यसपछि सुरु हुन्छ गाँउघरमा गरिने दैनिकी कुराबाट फिल्मको कथा वस्तु ।

मुलत:द्धन्द्वकालको समयमा जसो तसो प्रेमलाई विवाहमा परिणत गरेपछि आफ्नो परिवारको रोजीरोटीका लागी भनेर वैदेशिक रोजगारीका लागी हिडेको व्यक्ति बाटैमा वेपत्ता भएको दृश्यले हलमा सन्नटा छाउछ,यो त एउटा काल्पनिक पात्रको कथा वस्तु मात्र हो,तर द्धन्द्वकालमा राज्य र विद्रोही पक्षबाट यस्ता हजारौं व्यक्ती वेपत्ता पारिएका छन्।

हजारौंको सिँउदो पुछिएको छ, हजारौंको काँख रित्तीएको छ। हजारौं बालवालीका टुहुरा बनेका छन्।कयौं बालबालीका “कपुरी क लेख्दा लेख्दै शिक्षाबाट वञ्चित भएका छन्।हजारौं अंगभंग भएर अपाङ्ग भएका छन्।अहिले उनिहरुलाई राज्यले व्यवास्ता गरेको छ।

सर्वहारा वर्गको लागी आमुल परिवर्तन गर्छौ,भनेर बन्दुक बोकाएका कयौं मानिसहरु अहिले पनि बन्दुकको छर्रा बोकेर मरासन्न जिवन जिउँदै छन्।युद्धले लोकतन्त्र आएपनि देशमा दुईचार थान व्यक्तिको मात्र परिवर्तन भएको छ।जुन समाज परिवर्तनका निम्ती होमिएको थियो।त्यो समाज अहिले पनि जहाँको त्यहि छ।ऊही गाँउको सेरोफेरोको चित्रण फिल्ममा गरिएको छ।

“हो खुस्मा फिल्मको पनि यही सन्देश छ कि द्धन्दकालमा वेपत्ता पारिएका व्यक्तीहरुको”“कि त लास चिहियो कि सास चाहियो” कि त चाडो खोजीनीती गरोस्, वेपत्ता भएका कयौं व्यक्ती जिवितै छन्।कयौं घर फर्कि रहेका छन्।

घाईते अपाङ्ताको उपचार होस्।द्धन्द पिडितलाई न्याय मिलोस्।अब युद्ध होईन युद्धलाई प्रेममा बद्ल्लु पर्छ, भन्ने मुल आशय फिल्मको रहेको थियो।

फिल्म बेलुकी ७ बजे देखी हलमा लागेको थियो।जापानको अन्य शहरमा पनि प्रदर्शन गरिने आयोजकको भनाई रहेको छ।

धिरज मगर र उपासना सिंह ठकुरी अभिनित फिल्म ‘खुस्मा’ संविधान दिवसको अवसरमा यो फिल्म नेपालभर प्रदर्शनमा आएको थियो।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म थापाको पहिलो निर्देशकिय फिल्म हो।फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ।

वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर फिल्मको निर्माता हुन्, भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्।मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ।