भरतपुरको मत गन्न माग गर्दै एमालेद्वारा सदन अवरुद्ध

काठमाण्डाैं, जेठ,१७-

नेकपा एमालेले भरतपुर महानगरपालिकाको मत गणना तत्काल सुरु गर्नुपर्ने माग गर्दै आजको व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ ।

सभामुख ओनसरी घर्तीले आजको व्यवस्थापिका संसद बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै एमाले सांसदले उठेर विरोध जनाएका थिए ।

बैठकमा समय लिएर बोलेका एमाले सांसद सुरेन्द्र पाण्डेले मतपत्र च्यात्ने नेकपा माओवादी केन्द्रको क्रियाकलापलाई पराजित मानसिकताले उध्द्त र जनतामाथिको कुकृति भनी टिप्पणी गर्नुभयो ।

सांसद पाण्डेले मतगणना सुरु नगरेसम्म बैठक संचालन हुन नसक्ने अभिव्यक्ति दिएपछि सबै एमाले सांसदहरु यथास्थानमा उभिए पछि सभामुख घर्तीले बैठक भोलि दिउँसो १ बजे सम्मका लागि स्थगित गर्नु भएको छ ।नेपालवाणीवाट