राष्ट्रपति भण्डारीलाई सीको सन्देश : म तपाईंसँग मिलेर काम गर्न इच्छुक छु

फाईल तस्विर !!

काठमाडौं,साउन,१७-चीनका राष्ट्रपति सी चिनफिङले आफ्नो देश र नेपालबीचको सम्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताएका छन्।

दुई देशबीच राजकीय सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा शनिबार आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग बधाई सन्देश आदानप्रदान गर्दै चिनियाँ राष्ट्रपति सीले आफू नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका हुन्।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले आफू राष्ट्रपति भण्डारीसँग सहकार्य गरेर दुवै देशका नागरिकलाई लाभ हुने गरी क्षेत्रीय स्थिरता एवं विकासमा योगदान पुर्‍याउन इच्छुक रहेको कुरा सन्देशमा उल्लेख गरेका छन्।नेपाल खबरबाट