लिभरपुल भिल्लारियललाई हराउदै च्याम्पियन्स लिगको फाईनलमा

फाईल तस्विर !!

काठमाण्डौं,बैशाख,२१-इंग्लिस क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति भिल्ला रियललाई ३-२ गोलको संघर्षपूर्ण जित निकाल्दै लिभरपुल समग्रमा ५-२ को नतिजासहित उपाधि नजिक पुगेको हो ।

पहिलो लेगमा लिभरपुलले २-० को जित निकालेको थियो । तर, दोस्रो लेगमा लिभरपुललाई जित निकाल्न निकै संघर्ष गर्नु पर्यो ।

Image

खेलको तेस्रो मिनेटमा बोउलाए डीयाले गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४१ औं मिनेटमा फ्रान्सिस कोक्विनलिनले गोल गर्दै भिल्लालाई २-० को अग्रता दिलाए ।

खेलको ६२ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा ल्याए ।६७ औं मिनेटमा लुइस डियासले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

Image

त्यसपछि खेलको ७४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३-२ को जित दिलाए ।

यस्तै खेलको ८५ औं मिनेटमा इट्टिनेले रातो कार्ड पाएपछि भिल्ला १० खेलाडीमा समेटिएको थियो ।

अब उपाधिका लागि लिभरपुलले म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ ।