क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जको उपहार हरियाली

नेपालगन्ज,चैत्र,१४-
मध्य तथा सुदूर पश्चिमाञ्चलको व्यापारी नाकाका रुपमा चिनिने नेपालगन्ज शहरमा दुई वर्ष अगाडि क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज संस्थाले शुरु गरेको थियो।

सडकको बिचमा बिरुवा रोप्न शुरुआत गरे संगै नेपालगन्ज उपमहानगरपालिका लगायत विभिन्न संघ संस्थाहरुले रोप्न गरेको बिरुवा अहिले सबैको मन लोभ्याउने गरि हुर्की सकेका छन् ।

यस संस्थाका संयोजक डा- बिनोद कर्णको पहलमा त्यस संस्थासंग अाबद्द सदस्यहरु, बुद्धिजीवी , समाजसेवी , पत्रकार , स्थानीय सबैले बिरुवा तथा फुलहरु रोप्न सहयोगी भूमिका खेलेका थिए ।

अाफनो अाफनो घरको अगाडि रोपिएको बिरुवामा पानी हाल्ने, झारपात गोडमेल गर्ने काम गरेका थिए

अहिले नेपालगन्ज उपमहानगरपालिकाले पनि पानी हाल्ने , सरसफाइ लगायतको काम गरिरहेको छ । नेपालगन्ज शहरलाई हरियाली बनाउन सबैले सहयोग गर्नुपर्ने समेत डा- कर्णले बताए ।