आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल मैदान सरसफाई गरीदै

नेपालगन्ज,चैत्र,१४-
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी खजुरा गाउँपालिका २ सितापुरमा रहेको शुक्र माध्यमिक विद्यालय के गाउँको खेल मैदानलाई विहिबार सरसफाई गरीएको छ ।

आठौँको महिला हक्कि प्रतियोगिता सञ्चालन गर्नका लागी सितापुरको शुक्र माध्यमिक विद्यालयको खेल मैदान छनोट भएपछि त्यसलाई मर्मत तथा सरसफाई गरीएको हो । सितापुर युनाइटेड कल्वका स्थानिय युवाको अगुवाइ तथा सहभागितामा सरसफाई गरीएको हो ।

खजुराका स्थानियहरु आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको केहि खेल आफ्नै घर नजिक हुने भएपछि उत्साहित समेत भएका छन । स्थानियहरु स्वस्फुर्त रुपमा खेल मैदान सँगै गाउँको सरसफाइमा समेत जुटुको सितापुर युनाइटेड कल्वका अध्यक्ष गान्धी हमालले जानकारी दिए ।

खजुरा गाउँपालिका २ का वडाध्यक्ष देविलाल शर्मा सितापुरमा आउने पाहुनाको स्वागत गर्नका लागी सम्पुर्ण स्थानियहरु आतुर भएको प्रतिक्रिया दिन्छन । खेल अवलोकन गर्न , खेल्न र खेलाउनका लागी आउने पाहुनाको स्वागतका निमित्त स्वागत गेट बनाउने जिम्मेवारी पनि बाडफाड भैसकेको वडाध्यक्ष शर्माले बताए ।

स्थानियले प्रतियोगिताको मिति तल्काल तोक्न राष्ट्रिय खेलकुद परिषदलाई आग्रह समेत गरेका छन ।