वडा दशैंको पाँचौ दिन आज स्कन्दमाता देवीको पूजा आराधना गरिंदै

काठमाडौं,असोज,२५-नेपालीहरुको महान चाड वडा दशैंको पाँचौ दिन आज स्कन्दमाता देवीको पूजा आराधना गरिदैछ ।

नवरात्रीको ९ दिनसम्म शक्तिस्वरुपा दुर्गा भवानीका विभिन्न ९ रुपलाई आराधना गर्ने परम्परा अनुसार आज पाँचौ दिन स्कन्दमाताको अर्चना गर्न लागिएको हो ।

सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाताको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ ।

यो दिन मातालाई केरा चढाउदा शुभ लाभ हुने मानिन्छ । नवरात्रीअन्तर्गत भोलि घरघरमा फुलपाति भित्र्याउने चलन छ ।